पत्रकार पुडासैनीको मृत्यु प्रकरणः अनुसन्धान ब्यूरोको टोली चितवनमा

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पुर्‍याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो ।

अनुसन्धानमा थप सहयोग पुर्‍याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । उहाँले काठमाडौँबाट आएको चार जनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिकलगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्ने बताउनुभयो । टोलीले आजैदेखि काम शुरु गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ । पत्रकार पुडासैनी मृत भेटिएका दिनदेखि नै अनुसन्धान जारी राखिएको कोइरालाले बताउनुभयो । “बाहिर दैनिक रुपमा भइरहेका प्रदर्शनले पनि अनुसन्धानका लागि समस्या हुनेगरेको छ”, उहाँले भन्नुभयो, “तर हामीले आफ्नातर्फबाट अनुसन्धानलाई निरन्तरता दिएका छौँ ।” तीन दिनदेखिको प्रदर्शनका कारण प्रहरीको सम्पूर्ण शक्ति भीड व्यवस्थापन र नियन्त्रणमा खर्च गर्नुपरेको छ ।

शुक्रबार जिल्ला अदालतले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसँगै, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो । उनीहरुलाई बिहीबार प्रहरीले काठमाडौँमा पक्राउ गरी यहाँ ल्याएको थियो । यसैबीच पत्रकार पुडासैनीको मृत्यु प्रकरणप्रति नागरिक समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजले निस्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरेको छ । यस्तै स्वतन्त्र र निस्पक्ष अनुसन्धानमा सहयोग पु¥याउन प्रदर्शनकारीलाई पनि आग्रह गरिएको छ । साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठामा पत्रकार पुडासैनी मृत अवस्थामा फेला परेका थिए ।रासस

पोष्टमार्टम रिपोर्ट र लामिछाने बिरुद्धको किटानी जाहेरी 

मृतक पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्ट चितवन आइपुगेको छ । चितवनका प्रहरी प्रमुख (एसपी) दान बहादुर मल्लका अनुसार आज (आइतवार) पोष्टमाटम रिपोर्ट चितवन आइपुगेको हो । उनले पोष्टमाटम रिपोर्ट आइपुगे पनि अध्ययन हुन बाँकी रहेको बताए । यसअघि नै भिडियोको डिजिटल ल्याब रिपोर्ट चितवन आइसकेको थियो ।

यस्तै आजै पीडित परिवारले दिएको किटानी जाहेरीको पत्र पनि चितवन आइपुगेको मल्लले बताए । मल्लका अनुसार आज परिवारले महानगरिय प्रहरी परिसर काठमाडौं मार्फत रवि लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र नर्स अस्मिता कार्की बिरुद्ध किटानी जाहेरी दिएका थिए । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उजुरी दिएकी हुन् । प्रहरीले घटनाका सम्बन्धमा गहिरो अनुसन्धान गरिरहेको जनाएको छ । अदालतले थपको पाँच दिनको म्याद भोली सकिदैछ । घटनको दुई हप्तापछि किटानी जाहेरीसंगै घटनासंग सम्बन्धित प्रमाणहरु जुट्दै गएका हुन् ।  – नारायणी अन्लाईन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button