चर्चित गायक एकोनले आज कतार तताउँदै

कतारमा आज  विश्व प्रसिद्ध अमेरिकी गायक एकोन को कन्सर्ट हुँदैछ । दोहाको सोसाइटी लन्जमा हुने कार्यक्रमलाई सोसाइटी लन्ज र मिस्टिक इभेन्ट्स ले आयोजना गरेको हो  । आज राती ९ बजे बाट सुरु हुने कार्यक्रम बिहान २ बजे सम्म रहनेछ । २१ वर्ष उमेर भन्दा माथि र स्मार्ट एलगन्ट ड्रेस कोड राखिएको कार्यक्रमको टिकट शुल्क भने २५० कतारी रियाल राखिएको छ ।

सन् २००४ बाट ट्रबल एल्बमको लक्ड अप गीत मार्फत उदाएका एकोन को हाल सम्म ट्रबल (२००४),कन्भिक्टेड (२००६),फ्रिडम(२००८),स्टेडियम(२०१०) गरि जम्मा ४ वटा एल्बम बजारमा छ । उनको मिस्टर लोन्ली,स्म्याक द्याट,राइट नाउ,छम्मक छल्लो,सरी ब्लेम इट अन मि,आइ वाना लभ यु जस्ता गीतहरु चर्चामा छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button