मोहम्मद मुक्तदा एनआरएनए कतारको अध्यक्ष पदमा निर्वाचित

नेपाली कामदारहरुको प्रमुख गन्तव्य रहेको मध्यपूर्वको देश कतारमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति (एनआरएनए) २०१९– २१ कार्यकालका लागि निर्वाचन भएको छ । हिजो दोहास्थित नेपाली राजदूतावासमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी तेज कटुवाललाई पछि पार्दै मोहम्मद मुक्तदा मुसलमान अध्यक्ष पदमा निर्वाचित भएका छन् । जितका लागि मुसलमानले खसेको जम्मा ३ हजार ९२ मत मध्य २ हजार ६६ मत प्राप्त गरेका छन् ।
यता आइसिसी सदस्यमा युवराज शर्मा , केबी हमाल , रमेश भट्ट र होमनाथ शर्मा निर्वाचित भएका छन् ।
मुसलमानले नेतृत्व गरेकोे समूह अन्तर्गत अन्य उम्मेदवारहरूले समेत बिजय हात पारेका छन् ।
मुसलमानको नेतृत्वमा चयन भएको नयाँ कार्यसमिति :
प्रथम उपाध्यक्ष : उत्तम गुरुङ
द्वितीय उपाध्यक्ष : टंक कुमार खड्का
महासचिव : पदम गिरी
सचिव : उपसर खान , नेत्र भुजेल
कोषाध्यक्ष : विनोद प्रसाद बसौला
सह-कोषाध्यक्ष : तनविर आलम
युवा संयोजक : रविन मगर
महिला उपाध्यक्ष : सरिता भण्डारी
महिला संयोजक : अम्बिका खत्री (निर्विरोध)