मार्च २२ देखि रमादान महिना सुरु हुने
इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमादान महिना खगोलिय हिसाब अनुसार यो वर्ष मार्च २२ तारिक देखि सुरु हुने अनुमान गरिएको छ।
खगोलविदहरुको हिसाब अनुसार मार्च २२ तारिक बेलुका अर्ध चन्द्रमा उदाउनेछ र मार्च २३ देखि व्रत सुरु हुनेछ ।
गएको फेब्रुअरी महिनाको २१ मा अरबिक महिना शबान सुरु भएको थियो । यो महिना सुरु भएको ३० दिनमा रमादान महिना सुरु हुने गर्दछ ।
यद्यपि इस्लामिक परम्परा अनुसार अर्धचन्द्रमा हेरेर मात्रै रमादान महिनाको घोषणा हुने गर्दछ।