बिज्ञापन

आजको उडानबाट ४६५ नेपाली स्वदेश फर्किए

आज कतारबाट तीन वटा उडानमा ४६५ नेपाली आज स्वदेश फर्किएका छन् । पहिलो चरण अन्तर्गत एघारौ र बाह्रौ उडान संगै कतार एयरवेजले पनि उडान भरेको छ ।

पहिलो चरणको सहजीकरण उडान अन्तर्गत नेपाल एयरलाइन्सले एघारौ उडानबाट ३ जना महिला सहित १४५ जना पुरुष स्वदेश लगेको छ भने हिमालयन एयरलाइन्सले बाह्रौ उडानमा १ महिला सहित् १५३ पुरुष नेपाल लगेको छ ।

त्यस्तै कतार एयरलाइन्सले विभिन्न अभियोगमा जेलमा रहेकाहरू मध्येबाट आममाफी पाएका, विभिन्न अभियोगमा बन्दि जीवन बिताएका र कतारको फिर्ति केन्द्रमा रहेकाहरू मध्येबाट १६३ जना लाई नेपाल लगेको जानकारी दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले क्युएन खबरलाई दिनु भएको छ ।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी,लगायत जागिर गुमेका पीडितहरु छन् । उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन् ।

कोरोनाभाइरसको महामारी पश्चात कतार बाट हाल सम्म दुई हजार २३७ जना नेपाल फर्किसकेका छन् भने ३६ वटा शव नेपाल लागिएको छ ।

अब अर्को उडान नेपाल एयरलाइन्सले भोलि बिहीबार राती गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!