कम्वोडियामा सम्पन्न न्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले ल्यायो गोल्ड र सिल्भर मेडल
कम्वोडियामा सम्पन्न दोश्रो कमित्सुमा ओकुकाई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले गोल्ड मेडल र सिल्भर मेडल हात पार्न सफल भएको छ । गत अगष्ट २३ देखि २७ सम्म कम्बोडियमा आयोजित सो खेलमा भाग लिन सोतोकोन कराते डो एसोसिएन नेपालको तर्फबाट ७ सदस्यीय टोली प्रस्थान गरेको थियो । नेपालका तर्फबाट मैदानमा भिडेका नवराज श्रेष्ठले गोल्ड मेडल हासिल गर्न सफल भएका थिए भने तेस्रो पदक टिम कुमतेमा पनि नवराज श्रेष्ठले नै नेपालको पोल्टामा पार्न सफल भएका थिए ।
त्यसै गरी सहभागी अर्का नेपाली खेलाडी दिनेश तामाङले कुमतेमा दोश्रो र टिम कुमतेमा तेश्रो पदक हासिल गर्न सफल भएका थिए ।
कम्बोडियामा भएको यो प्रतियोगितामा ७ सदस्यीय टिम २३ अगस्टमा त्यसतर्फ गएको थियोे । टिमको प्रतिनिधि मण्डलको प्रतिनिधित्व सोतोकान कराते डोका राष्ट्रिय अध्यक्ष नारायण खडकाले नेतृत्व गरेका थिए भने टिमको म्यानेजरमा अनित न्यौपाने सहभागी थिए । यस्तै रेफ्री राम कुमार थारु पनि नेपालबाट सहभागी रहेका थिए । प्रतियोगितामा पदक जित्ने बिजेता खेलाडीहरुलाई एसोसियसनका वरिष्ठ उपाध्यक्ष प्रोफेसर डा. रमजान बाबुले एक भव्य कार्यक्रम आयोजना गरि नद तथा सम्मानप्रदान गरिने बताइएको छ ।