फिफाको बौद्धिक सम्पतिको दुरुपयोग गरे कारबाही हुने

फिफाको बौद्धिक सम्पतिको दुरुपयोग नगर्न कतार विश्वकपका आयोजक सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले कतारवासी सबैमा सावधान गरेकोे छ । आज सम्पूर्ण पत्र पत्रीकामा सावधानी सूचना प्रकाशित गर्दै एससीले फिफाको कुनैपनि सम्पतिको दुरुपयोग तथा अवैध प्रयोग गर्न नपाइने जनाएको छ । त्यस्तै कतै दुरुपयोग भए खवर गर्न समेत एससीले आग्रह गरेकोे छ ।
के हो फिफाको बौद्धिक सम्पति ?
हरेक व्यक्ति वा संस्थाको बौद्धिक सम्पत्तिलाई प्रतिलिपी अधिकार (कपीराइट), ट्रेडमार्क, पेन्टेन्ट आदि द्वारा सुरक्षित गरिएको हुन्छ। त्यस्तै फिफाले जारी गरेकोे आधिकारिक चिन्ह , लोगो , शुभान्कर , ट्रफी , शब्द ( फिफा , फिफा २०२२ , वर्ल्डकप , कतार २०२२ ) लगायत अन्य व्यवसाय प्रयोजनका लागि प्रयोग वा दुरुपयोग गरे प्रतिलिपि अधिकार कानुनविपरीत हुनेछ ।
सजाय के ?
फिफाको बौद्धिक सम्पतिको दुरुपयोग गर्दा सन् २००२ को प्रतिलिपि अधिकार कानुन नम्बर ७ विपरीत हुने हुँदा दुर्इ वर्ष जेल सजाय वा २० हजार रियाल जरिवाना वा दुबै हुन सक्नेछ । त्यस्तै व्यावसायी लाईसेन्स ६ महिना सम्म खारेज हुने , उत्पादन गर्दा प्रयोग गरिएको सामान जफत गरिने लगायतका सजाय पनि हुन सक्नेछ ।
फिफाको लिखित अनुमति बिना उत्पादन गरिएको सामान प्रयोग नगर्न , उत्पादन तथा बिक्री वितरण नगर्न र सामान आयात नगर्न पनि आयोजकले आग्रह गरेकोे छ । यस्ता नियम विपरीत कुनै कार्य गरेकोे भेटिए brandprotection@fifa.org मा उजुरी गर्न समेत आग्रह गरिएको छ ।