कतार विश्वकपको लोगोले के अर्थ राख्छ ?

कतारले आयोजना गर्ने फिफा विश्वकपको २२ अौं संस्करणका लागि आधिकारिक चिन्ह सार्वजनिक भएको छ । हिजो राती ८ बजेर २२ मिनेटमा हजारौं दर्शकमाझ दोहाको विभिन्न स्थान बाट लोगो सार्वजनिक गरिएको थियो । लोगो कतारमा मात्र नभई विश्वको २४ वटा सहर बाट समेत एकैसाथ सार्वजनिक गरिएको थियो ।
सन् १९७१ को सेप्टेम्बर ३ मा कतारले बेलायत बाट स्वतन्त्र पाएको कारणले नै लोगो सार्वजनिक गर्न हिजो को दिन रोजिएको थियो ।
अरब राष्ट्रहरु मध्य पहिलो पटक कतारमा हुन लागेको विश्वकप सन् २०२२ को नोभेम्बर २१ मा सुरु भई फाइनल खेल राष्ट्रिय दिवसको दिन समापन हुनेगरी डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।
पछिल्लो संस्करणहरु भन्दा समान्य देखिएपनि हिजो सार्वजनिक गरिएको लोगोले सम्पूर्ण मानवजातिको सम्बन्धन गर्दै अन्य विशेष विशेषता बोकेको छ । आउनुहोस लोगोको अन्य जानकारी बारे छलफल गरौं ।

अंक ८ र अनन्तको प्रतीक
सिंगो लोगो अंक ८ र मानवजातिको अनन्तताको प्रतीकको आकार मिश्रण गरेर तयार परिएको छ । यसमा मरुभुमिमा हुने बालुवाको तह जस्तो पनि देख्न सकिन्छ । अंक ८ ले विश्वकप संचालन हुने आठ रंगशालालाई जनाउनुका साथै प्रतियोगिता सँग हरेक क्षेत्र मार्फत आबद्ध हुने सम्पूर्ण मानवजाति बीचको सम्बन्धलाई देखाउन खोजेको छ । त्यस्तै गोलो आकारमा पनि घुम्नसक्ने लोगोले हाम्रो पृथ्वी र फुटबललाई दर्शाएको छ ।
शल
लोगोको माथिल्लो पट्टिको खुम्चिएको भागले शललाई इन्ककृत गरेकोे छ । जाडो महिनामा अरब राष्ट्रमा मात्र नभई विश्वभर मानिसहरूले चिसो बाट बच्न आआफ्नो तरिकाले शल लगाउने गर्दछन् । कतारमा हुने विश्वकप पनि इतिहासमै पहिलो पटक जाडो महिनामा हुँदैछ । यसकारण लोगोमा जाडो महिना , मानिस र शलको सम्बन्ध देखाउन खोजिएको छ ।
सेतो र रातो रङ
यस पटकको पुरै लोगोमा सेतो र मरुन रङ मात्र प्रयोग गरिएको छ । झण्डामा समेत देखिने यी दुर्इ रङ कतारको राष्ट्रिय रङ हो ।
थोप्लो र फुटबल
फुटबल तल्लो र माथिल्लो भागमा रहेको थोप्लोले अरबी अक्षरमा हुने तल र माथिको अंशलाई देखाएको छ भने गणितीय आकारमा भएँको फुटबलले अरब संस्कृतिलाई दर्शाएको छ ।
फुलबुट्टे डिजाइन
कतारी शलमा जस्तै हुने लोगोको तल्लो भागमा भएको फुल आकारले यहाँको सम्प्रदाको प्रतिनिधित्व गरेकोे छ । अरबी कला अन्तर्गत रहेको यस्तो सजावशटले मध्यपूर्वको सम्पदालाई पनि देखाएको छ ।
अरबी लिपी
लोगो सँगै तल अंग्रेजीमा लेखिएको कतार २०२२ अरबी लिपी बाट प्रभावित छ । अक्षर बीच भएको सिधा धर्कालाई अरबी भाषामा कशीदा भनिन्छ । त्यस्तै यहाँ हामीले भिन्नै प्रकारको क्यु पनि देख्न सक्छौ ।