कतार ६ – ० ले बिजयी

कतारले अफगानिस्तानलाई हराएको छ । चीनमा आयोजना हुने २०२३ एसियन कप च्याम्पियनसीप र फिफा विश्वकप २०२२ प्रतियोगिताको छनौटका लागि हिजो भएको खेलमा कतारले अफगानिस्तानलाई ६ – ० गोल अन्तरले पराजित गरेको छ । आयोजक राष्ट्रको हिसाबले कतार २०२२ विश्वकपको लागि छनौट भइसकेको छ ।

कतारको जितका लागि अल्मोएज अलिले ह्याट्रिक गरेका छन् । उनले खेलको ४ , १० र ५१ औ मिनेटमा गोल गरेका थिए । त्यस्तै हसनले १३ , अब्देल करिमले ३४ र खोकीले ६७ औ मिनेटमा गोल थपेका थिए ।

समूह ‘ ई ‘ मा  कतार सँगै भारत , अफगानिस्तान , बंगलादेश र ओमान रहेको छ । कतारले अर्को खेल आउने १० तारिक भारत सँग खेल्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button