टिल्टेड इन्टरचेन्जको सुरुङमार्ग खुल्यो

कतारको सार्वजनिक कार्य विभाग अश्घालले टिल्टेड इन्टरचेन्जको सुरुङमार्ग संचालनमा ल्याएको छ । खलिफा एभेन्यु योजना अन्तर्गतको अल रेयान देखि अल घराफा तर्फको यस २.७ किलोमिटर सुरुङमार्ग हिजो देखि संचालनमा आएको हो ।

 


अहिले सुरुङमार्गको दुबै तर्फको लेन खुला गरिएको छ । यसअघि एकतर्फी लेन यसै महिनाको सुरु बाट संचालन भएको थियो । दुहेल , घराफा र अल रेयान बीचको ट्राफिकमा सुरुङमार्गले राहात दिने विश्वास गरिएको छ । त्यस्तै सिद्रा अस्पताल , कतार फाउन्डेसन र कतार राष्ट्रिय पुस्तकालय कम समयमा पुग्न यसै रोड बाट फाइदा हुनेछ   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button