कतारलाई हराउन सक्ला त भारतले ?

चीनमा आयोजना हुने २०२३ एसियन कप च्याम्पियनसीप र कतार फिफा विश्वकप २०२२ प्रतियोगिताको संयुक्त छनौटका लागि आज कतारले भारतको सामना गर्दैछ । आयोजक राष्ट्रको हिसाबले कतार २०२२ विश्वकपको लागि छनौट भइसकेको छ ।

खेल अल साद्द रंगशालाको मैदानमा बेलुका ७:३० बजे बाट सुरु हुनेछ । खेल हेर्न दर्शकका लागि टिकटको मूल्य १० , २० र ५० रियाल रहेको छ । भारतीय दर्शक बस्ने स्थानको लागि भने सम्पूर्ण टिकट बिक्री भइसकेको क्युएफएले जनाएको छ ।
समूह ‘ ई ‘ मा कतार सँगै भारत , अफगानिस्तान , बंगलादेश र ओमान रहेको छ । कतारले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ६ – ० ले हराएको थियो । यता भारत भने ओमान सँग २ – १ गोलले हारेको छ ।
आजको खेलमा तपाईंको अनुमान के छ त ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो