माछाको भाउ घट्यो

कतारमा माछाको भाउ घटेको छ । यहाँको उद्योग तथा वाणिज्य मन्त्रालयले दैनिक रुपमा माछाको मूल्य तोक्नुपर्ने नियम अघि सारेपछि लगभग १५ प्रतिशतले भाउ घटेको हो । उपभोक्ताको अधिकारलाई मध्यनजर गर्दै मन्त्रालयले सोमबारदेखि मूल्य तोक्ने व्यापारीहरुलाई निर्देशन दिएको थियो ।

माछाको मूल्य अनिवार्य गरी दैनिक रूपमा जारी गरेयता पहिलेको भन्दा १० देखी १५ प्रतिशतले भाउ घटेको छ,” एक कर्मचारीले पेनिन्सुला पत्रीकालाई बताएका छन्  ।

प्रतिकुल मौसम र प्रजनन समयमा माछा मार्न निषेध गरेँपछि  केही पसलेहरुले मनलागि भाउ बढाएपछि मन्त्रालयले यस्तो नियम अघि सारेको उनले बताए  ।

नयाँ मूल्यमा जम्मा ३० प्रजातिका माछाको भाउ तोकिएको छ । जसमा सफा गरेकोे एक र काटेको दुर्इ रियाल पनि रहेको छ ।

मन्त्रालयले हिजो तोकेको मूल्य अनुसार किङ फिस ५३ रियाल , हमोउर माछाको ८८ रियाल , शारी ठुलोको २७ र सानोको १४ रियाल प्रति केजी रहेको छ ।

मूल्य लागु गरेकोे नगरेको बारे दैनिक निगरानी राख्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button