शनिबार सम्म गर्मी बढ्ने

केही दिन यता सामान्य रहेको मौसम हप्ताको अन्त्य सम्म गर्मी हुने भएको छ। मौसम विभागले आज ट्विटर मार्फत जानकारी गराउँदै आज बेलुका देखि शनिबार सम्म गर्मी बढ्ने बताएको हो।

पूर्व तर्फ वायुको गति परिवर्तन हुने भएको कारणले आद्रता बढ्नुका साथै बिहान र रातिको समयमा हुस्सु लाग्ने विभागले बताएको छ । यस समय बीच देशको सामान्य तापक्रम भूभागमा तापक्रम ३५ देखि ४५ डिग्री सेल्सियस बीच रहनेछ ।
विभागले मौसम अपडेटका लागि आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह समेत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो