प्राविधिक गडबडीका कारण बत्ती गयो

केही बेर अघि देशको बिभिन्न ठाउँमा लाइन गएको छ । प्राबिधिक गडबडीका कारण उक्त समस्या आइपरेको र तत्काल समस्या सुल्झाउन सफल भएको कह्ररमाले जनाएको छ । लाइन करिब आधा घण्टा गएको थियो ।
नज्मा , मन्सुरा , अल साद्द , न्यू सलता , मदिनात खलिफा , वुकेर लगायतको स्थानमा आज बिहान ११:३० देखी आधा घण्टा लाइन गएको थियो ।
خلل فني بإحدى محطات الإنتاج أدى إلى انقطاع الكهرباء، تم إرجاع التيار في عدد من المناطق، وجاري العمل على إرجاعه لباقي المناطق المتأثرة بشكل عاجل.#كهرماء
— KAHRAMAA (@kahramaa) September 16, 2019
एक उत्पादन प्लान्टमा भएको प्राविधिक गडबडले गर्दा लाइन जानुको कारण रहेको छ । समस्या हल गर्न निरन्तर कार्य जारी छ । हाम्रो ग्राहकहरुमा पर्न गएको समस्या प्रति माफी चाहन्छौ ,” कह्ररमाले आफ्नो ट्विटरमा लेखेको छ । त्यस्तै भविष्यमा कुनै समस्या परे ९९१ वा मोवाइल एपमा सम्पर्क गर्न समेत करहामाले आग्रह गरेकोे छ ।