विना स्पोन्सर लगानी गर्न पाउने

आप्रवासी लगानीकर्ताको आगमन , गमन र बसोबास तथा पारिवारिक बसोबास हुने स्थानमा कामदारको आवास सम्बन्धि दुर्इ संसोधित कानून जारी गर्न शेख तमिम बिन हमाद अल थानीले निर्णय दिनुभएको छ ।


nbsp;

२०१५ को कानून नम्बर २१ लाई परिमार्जन गरी जारी भएको २०१९ को कानून नम्बर २३ अन्तर्गत अब आन्तरिक मन्त्रालयले आप्रवासी नागरिकलाई विना कुनै कतारी स्पोन्सर कतार प्रवेश गर्न र आवास पत्र दिन पाउनेछ  ।

नियम अनुसार विदेशी नागरिकले आर्थिक क्षेत्रमा पाँच वर्षको लगानी गर्न पाउने र त्यस पश्चात स्वत नवीकरण हुने व्यवस्था गरिएको छ ।

पारिवारिक बस्तीमा कामदारको क्याम्प राख्न नपाउने 

२०१० को कानून नम्बर १५ लाई परिमार्जन गर्दै २०१९ को कानून नम्बर २२ अनुसार  पारिवारिक बस्तीमा वरपर  कामदारको क्याम्प राख्न नपाउने नियम अगाडि आएको छ ।

यी दुवै कानून सरकारको आधिकारिक गजेटमा प्रकाशित भए पश्चात लागू हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button