बिदामा गएका घरेलु कामदारले श्रम स्वीकृति पाउने

 

बिदामा नेपाल आएका घरेलु कामदारले पुनः श्रम स्वीकृति पाउने भएका छन्  । नेपाल सरकारले बिदामा नेपाल आई पुन सोही रोजगारदाताकोमा कतार जाने कामदारलाई श्रम स्वीकृति दिने अस्थायी निर्णय गरेकोे हो ।

यसअघि सुरक्षाको दृष्टिकोणले घरेलु कामदारलाई २०७३ को चैतदेखि श्रम स्वीकृति दिन प्रतिबन्ध लगाइएको थियो । त्यस्तै गन्तव्य मुलुकहरूसँग श्रम सम्झौता भएपछि मात्र यो हट्ने सरकारको भनाइ थियो।

यसैबीच कतारस्थित नेपाली दूतावासलाई नेपालको परराष्ट्र मन्त्रालयले पत्र पठाएपछि कतारमा काम गर्ने घरेलु कामदारले आवश्यक कागजपत्र पेश गरी सिफारिस लिन सक्ने भन्दै दूतावासले आज एक सूचना जारी गरेकोे छ । पुनः श्रम स्वीकृतिका लागि दूतावासको सिफारिस बिदामा नेपाल जाँदा लिएर जानुपर्नेछ ।

दूतावासको सिफारिस लिन चाहिने आवश्यक कागजात :

१. म्याद रहेको सक्कल राहदानी र पेज २ र ३ को कपी ।

२. घरेलु कामदारको रुपमा कतार आएको श्रम स्वीकृतिको कपी ।

३. कतारी अाइडीको कपी ।

४. कतारको श्रम मन्त्रालय बाट प्रमाणित भएको करार सम्झौता पत्रको सक्कल तथा कपी ।

५. रोजगारदाताको कतारी अाइडीको कपी ।

६. सिफारिस लिन १५० कतारी रियाल शुल्क लाग्नेछ ।

दूतावासको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button