श्रमिकको समस्यामा सन्तोषजनक सुधार भएको छ : जीसीवो

एमनेस्टी इन्टरन्याश्नलले कतारमा कामदारहरूमाथि निरन्तर रूपमा गलत व्यवहार जारी राखिएको प्रतिवेदन सार्वजनिक गरेपछि कतारको ध्यानाकर्षण भएको छ । त्यस लगत्तै आप्रवासी श्रमिकको समस्या नयाँ संयन्त्र अनुसार समाधान भइरहेको भन्दै कतारको सरकारी सञ्चार कार्यलयले एक विज्ञप्ति निकालेको छ ।

एमनेस्टी इन्टरन्याश्नल

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरन्याश्नलले कतारमा कामदारहरूमाथि निरन्तर रूपमा गलत व्यवहार जारी राखिएको प्रतिवेदन सार्वजनिक गरेकोे छ । ‘अल वर्क नो पे ‘ नाम दिईएको सो प्रतिवेदनअनुसार एक सय भन्दा बढी कामदार रित्तो हात घर फर्किएका छन्  । हेम्टन इन्टरन्याश्नल , हमाद बिन खलिद बिन हमाद र युनाइटेड क्लिनिङका दुर्इ हजार भन्दा बढी कामदार बिना तलब काम गर्न बाध्य भैरहेका छन्  । त्यस्तै अगस्ट ४ र ५ तरिक इस्कान र तस्गिल कम्पनीका पाँच हजार कामदारले तलब नपाएको भन्दै सैलियामा शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले प्रतियोगिताअघि कामदारहरूको अधिकारमा सुधार गरिने प्रतिबद्धता जनाएको थियो।

सरकारी सञ्चार कार्यलय

एमनेस्टी इन्टरन्याश्नलको सो प्रतिवेदन पश्चात कतारको ध्यानाकर्षण भएको छ । श्रम समस्या समाधान समिति धेरै अघि स्थापना भई कार्य प्रक्रियामा सुधार गरिरहेको र समस्या सुल्झाउन छिटोछरितोका साथ अगाडि बढीरहेको सरकारी सञ्चार कार्यलयले विज्ञप्तिमा जारी गर्दै उल्लेख गरेकोे छ । श्रमिकको सहायता तथा बिमा कोष लागू नभएको एमनेस्टी इन्टरन्याश्नलको झुटो आरोपको खण्डन गरिएको छ । वास्तबमा  सो कोषको स्थापना भै श्रम सम्वन्धि बिभिन्न समस्याको समाधान गरिएको विज्ञप्तिमा उल्लेख छ । समस्या सुल्झाउन केही समय , स्रोत र प्रतिबद्धता भने पक्कै चाहिन्छ भन्दै कतारले श्रमिकको अधिकार सुरक्षित गर्न सदैव लागि परेको विज्ञप्तिमा भनिएको छ ।

कतारले अन्तर्राष्ट्रिय श्रम सङ्गठन सँगै अन्य एनजीयो सँग सहकार्य गर्दै अघि बढ्ने सरकारी सञ्चार कार्यलयले प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button