हिन्दुको पक्षमा सर्वोच्च अदालतको फैसला, मुस्लिमलाई वैकल्पिक जमिन दिने

अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको भारतको सर्वोच्च अदालतले ठहर गरेको छ।राम मन्दिर बाबरी मस्जिद विवादमा भारतको सर्वोच्च अदालतले शनिबार निर्णय सुनाउँदै अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको हो। यससँगै राम मन्दिर बनाउने बाटो खुलेको छ।
अदालतले मुस्लिमहरूलाई वैकल्पिक जमिन उपलब्ध गराउन आदेश समेत दिएको छ। प्रधानन्यायाधीश रञ्जन गोगोईले गरेको फैसलामा मुस्लिम पक्षलाई पाँच एकड जमिन छुट्टै ठाउँमा दिन केन्द्र सरकारलाई भनेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो