कर्नेश रोड बन्द हुने

आईएएएफ विश्व च्याम्पियन्सको प्रतियोगिताका लागि सेप्टेम्बर २६ र २७ तारिक रातको समयमा कर्नेश रोड बन्द हुने आन्तरिक मन्त्रालयले जनाएको छ ।

पत्रपत्रीकामा सो जानकारी दिदै मन्त्रालयले दुर्इ दिन बेलुका ६ देखी बिहान ५ बजे सम्म बन्द हुने बताएको छ । शेराटन राउन्डाबौट बाट कर्नेश ग्रान्ड हमाद रोड लगायत वरपरका केही रोड बन्द हुनेछ । सवारी आवतजावतका लागि बैकल्पिक बाटो प्रयोग गर्न मन्त्रालयले आग्रह गरेकोे छ ।

 

आईएएएफ विश्व च्याम्पियन्सको तयारी पूरा

कतारले आयोजना गर्ने आईएएएफ विश्व च्याम्पियन्सको १७ औं संस्करणको तयारी पूरा भएको छ । प्रतियोगिता यहीं सेप्टेम्बर २७ देखी अक्टोबर ६ सम्म खलिफा अन्तर्राष्ट्रिय रंगशालामा  हुँदैछ । १० दिन सम्म महिला र पुरुष तर्फ बिभिन्न २४ बिधामा हुने यस प्रतियोगिता पहिलो पटक रातको समयमा हुन लागेको हो ।

प्रतियोगिताका लागि दोहाले २०५ राष्ट्रका ३५०० खेलाडी , १०००० पाहुना , दर्शक र २००० मिडियाकर्मीलाई स्वागत गर्दैछ । विश्वको तेश्रो ठूलो मानिने यस प्रतियोगिता २०० बढी राष्ट्रमा लाइभ प्रसारण पनि गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button