अब नेपालमा पनि घण्टाको हिसाबले तलब पाइने

अब नेपालमा पनि घण्टाका हिसाबले पारिश्रमिक पाइने भएको छ ।  श्रम मन्त्रालयले नयाँ श्रम एेन जारी गरे सँगै अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको हो ।

यसका लागि न्यूनतम ज्याला निर्धारण समितिले घण्टाको समेत ज्याला तोक्ने भएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।   नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी दायरमा ल्याएको छ । यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई द्दण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ ।

सरकारले पहिलोपटक कम्पनी, प्रतिष्ठान, चियाबगान, कृषि श्रमिक र घरेलु श्रमिकको तलब छुट्टाछुट्टै तोक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button