दोहा मेट्रो अब हप्तैभरि चल्ने

दोहा मेट्रो अब हप्तैभरि चल्ने यातायात तथा सञ्चार मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार आउने शुक्रबार २७ तारिक मेट्रो दिउँसो २ देखि बिहान ३ बजे सम्म चल्नेछ । त्यसपछि अन्य शुक्रबार मेट्रो शुक्रबार दिउँसो २ देखि राती ११ बजे सम्म चल्नेछ । मेट्रो अहिले शनिवार देखि बिहीबार सम्म बिहान ६ देखि राती ११ बजे सम्म संचालन भइरहेको छ ।
रेड लाइन दक्षिण तर्फको प्रारम्भिक सेवा यो गएको मे महिना देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । यो मार्ग अल कासर देखि अल वक्रा सम्म पर्दछ ।
#DohaMetro Red Line South Now Open for Public Weekends@qrc_official@metrotram_qa pic.twitter.com/xSFunP3TuS
— المواصلات والاتصالات (@MOTC_QA) September 24, 2019
अहिले संचालनमा रहेको प्रारम्भिक सेवामा पुरा रुटको १८ रेड लाइन स्टेशन मध्ये १३ वटा पर्दछ । जसमा अल कासर, दिइसिसि,क्युआइसी वेस्ट बे,कर्नेश,अल बिदा (इन्टरचेन्ज स्टेशन),मिसह्रिब (इन्टरचेन्ज स्टेशन),अल दोहा अल जदेदा,उम घवालिना,अल मतर,अल कादीम,ओक़्ब आइबिएन नफ़िए, फ्री जोन ,रस बु फोन्तस र अल वक्रा रहेको छ ।