विना शर्त वार्ता र नाकाबन्दी हटाए खाडी समस्या सुल्झिने : अमिर

अरूको देशको सार्वभौमताको कदर र आन्तरिक मामिलामा हस्तक्षेप नगरी वार्ताको माध्यम बाट मात्र खाडी राष्ट्रबीच निष्पक्ष सम्बन्ध कायम राख्न सम्भव रहेको अमिर शेख तमिम बिन हमाद अल थानीले बताउनुभएको छ । न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको ७४ औ महासभालाई हिजो सम्बोधन गर्नुभएको थियो ।

केही देशले कतारमाथिको अन्यायपूर्ण , गैरकानूनी र अनुचित नाकाबन्दी जारी राखेका छन् । खाडी सहायता काउन्सिल (जिसीसी) नाकाबन्दीको कारणले आफ्नो भूमिका गुमाउँदै अर्को पीडित बन्न पुगेको उहाँले भन्नुभएको छ ।

आज भन्दा दुर्इ वर्ष अघि नाकाबन्दी लागेको तीन महिनामा यहाँ तपाईंहरू सामु  उपस्थित भएको थिए, त्यति बेला नै कतारी जनताले यसलाई सहेर पार लगाउनेमा म विश्वस्त थिए ।

छिमेकी राष्ट्रले कतारलाई झुटो आरोप लगाउँदै  गरेकोे नाकाबन्दी बारे खाडी क्षेत्र , अरब राष्ट्र र सारा विश्वले चाँडै महशुस गर्नेमा पनि आफू ढुक्क रहेको र विस्तारै यो आरोप गलत पनि साबित भएको उहाँले बताउनुभयो ।

वार्ताको माध्यम बाट मात्र सहमति गरी गैरकानुनी नाकाबन्दी हटाउन सकिने कुरा उहाँले दोहोर्याउनु भएको छ । त्यस्तै खाडी समस्या सुल्झाउन कुवैती अमिर शेख सबाह अल अह्मद अल जाबेर अल सबाहको प्रयासको उच्च कदर गर्नुभएको छ।

कतारले खाडी राष्ट्रबीच भएको मतभेदमा गरेको मध्यस्ताको काम गर्न कतार एक सुरक्षित स्थान भएको र अझै पनि त्यस्ता काम गर्न कतार इच्छुक रहेको दोहोर्याउनु भयो।

त्यस्तै प्यालेस्टाइन,इजरायल,यमन,सिरिया,इराक लिब्या लगायतका राष्ट्रहरूमा दुःख भोगेका बासिन्दाहरुलाई सहयोग गर्न अमिरले सबै अन्तर्राष्ट्रिय माध्यम संग आग्रह समेत गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button