फरक क्षमता भएकालाई गुल्मी जिल्ला समाजद्वारा आर्थिक सहयोग

गुल्मी, पुस २३-

बेलायतस्थित गुल्मी जिल्ला समाजले फरक क्षमता भएकी इस्मा गाउँपालिका–३ की ४२ वर्षीया बीना नेपालीलाई रु ५० हजार र गुल्मीदरबार गाउँपालिका–५ का २४ वर्षीय रवीन रानालाई पनि त्यति नै नगद प्रदान गरेको छ ।

समाजले अपाङ्गता दिवसका अवसरमा उनीहरूलाई आर्थिक सहयोग गरेको हो । साथै समाजले फरक क्षमताकी नेपालीका निम्ति अपाङ्गमैत्री शौचालय पनि निर्माण गरिदिएको छ ।

यसैगरी, समाजले सत्यवती गाउँपालिका–४ का अशक्त ईश्वर शर्मा, अनुज ज्ञवाली र गुल्मीदरबार गाउँपालिका–५ का नेत्रबहादुर रानालाई पनि जनही रु ५० हजार प्रदान गरेको छ ।

समाजले बुधबार एक विज्ञप्ति निकालेर सत्यवती बहुमुखी क्याम्पसलाई रु एक लाख, आशा अपाङ्ग केन्द्रलाई रु एक लाख, रेडियो पुष्पाञ्जलीलाई रु ५० हजार र रुरुक्षेत्रमा रहेको अटिजम पाठशालालाई रु ५० हजार प्रदान गरेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button