अमिरबाट १७ आैं आईएएएफ विश्व च्याम्पियन्सको उद्घाटन सम्पन्न

अमिर शेख तमिम बिन हमाद अल थानीले हिजो १७ आैं आईएएएफ विश्व एथलेटिक्स च्याम्पियन्स दोहा २०१९ को उद्घाटन गर्नुभएको छ । हिजो दोहाको कर्नेशमा अमिरले प्रतियोगिताको उद्घाटन गर्दै खेलाडीलाई जित सँगै सुखद कतार बसाईको शुभकामना दिनुभएको छ ।

समारोहमा अमिरको निजीवक्ता शेख जस्सिम बिन हमाद अल थानी , शेख जस्सिम बिन खलिफा अल थानी लगायत अन्य थुप्रै शेख तथा मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

समारोहबीच आईवसीका प्रमुख डा थोमस बच , आईवसीका सदस्यहरु , आईएएएफका प्रमुख लर्ड सेबास्टियन कोए,आईएएएफका सदस्यहरु लगायत ओलम्पिक तथा खेलकुद व्यक्तित्वहरुको पनि सहभागीता रहेको थियो ।

कतारको राष्ट्रिय गान , सारा विश्वलाई स्वागत गर्दै  कतारको बारेमा एक वृत्तचित्र देखाएर समारोहको उद्घाटन गरिएको थियो । समारोहमै विभिन्न उच्च  व्यक्तित्वहरु बाट मन्तव्य पनि राखिएको थियो ।

त्यसपश्चात अरब तथा प्रतियोगितामा भाग लिएका विदेशी झण्डाका साथ मार्चपास गरिएको थियो । त्यससँगै केहीबेर आतसबाजी समेत गरिएको थियो ।

अन्त्यमा अमिरले महिला म्याराथनको सुरुवात गर्दै कार्यक्रम समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button