कर्नेश रोड बन्द हुने

आईएएएफ विश्व च्याम्पियन्सको प्रतियोगिताका लागि सेप्टेम्बर २८ र २९ तारिक रातको समयमा कर्नेश रोड बन्द हुने आन्तरिक मन्त्रालयले जनाएको छ ।
पत्रपत्रीकामा सो जानकारी दिदै मन्त्रालयले २८ तारिक बेलुका ७ देखि बिहान ६ र २९ तारिक बेलुका ७ देखि बिहान ४ बजे सम्म बन्द हुने बताएको छ । शेराटन राउन्डाबौट बाट कर्नेश ग्रान्ड हमाद रोड लगायत वरपरका केही रोड बन्द हुनेछ । सवारी आवतजावतका लागि बैकल्पिक बाटो प्रयोग गर्न मन्त्रालयले आग्रह गरेकोे छ ।