सुपर पेट्रोलको भाउ बढ्यो

देशको तेल तथा ग्यास हेर्ने निकय कतार पेट्रोलियमले अक्टोबर महिनाका लागि तेलको भाउ निर्धारण गरेकोे छ। भोलि १ तारिख मंगलबारदेखि लागू हुने गरि सुपर पेट्रोलको भाउ ५ दिरहामले बढ्ने भएको छ । प्रिमियम पेट्रोल र डिजेलको भाउ भने सेप्टेम्बर महिना अनुसार नै यथावत रहनेछ ।

नयाँ भाउ अनुसार सुपर पेट्रोल १.८५ , प्रीमियम पेट्रोल १.७० र डिजल १.८५ रियाल प्रतिलिटर पर्ने कतार पेट्रोलियमले  जनाएको छ।

सन्  २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button