प्रवासी नेपाली मञ्च, कतारको पाँचौ राष्ट्रिय अधिवेशन हुने

प्रवासी नेपाली मञ्च,कतारको आसन्न पाँचौ अधिवेशन आगामी २६–२७ जून मा हुने भएको छ।कार्यक्रम प्रमुख अतिथि नेपाल सरकारका पुर्व पर्यटन तथा संस्कृति मन्त्री एवम् नेकपा एमालेको सचिव तथा संगठन विभाग प्रमुख श्री पृथ्वी शुब्बा गुरुङ्ग,विशेष अतिथि नेकपा एमालेकै केन्द्रिय कमिटीका सदस्य एवम् प्रवास ग इन्चार्ज श्री प्रसाद शाह लगायतको उपस्थितीमा शुक्रबार २६ तारिख देखि दोहा स्थित गल्फ प्याराडाइज होटेलमा बिहान ११ बजे बाट सुरु हुनेछ।
यसैबिच प्रवासी नेपाली मञ्च,कतारले आफ्नो सम्पुर्ण सदस्यहरु,कतारमा स्थापित नेपाली समाजका प्रमुख तथा प्रतिनिधि,समाजसेवी , व्यवसायी,कलाकार तथा साहित्यकारहरुलाई उपस्थितीको लागि आमन्त्रण समेत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
1
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
