एजुकेशन सिटी रंगशालाको उद्घाटन डिसेम्बर १८ तारिक हुने

एजुकेशन सिटी रंगशालाको उद्घाटन डिसेम्बर १८ तारिक हुने पक्का भएको छ । सोही दिन कतारको राष्ट्रिय दिवस पनि रहेको छ । लिभरपुल टिम समावेश हुने फिफा क्लव विश्वकपको सेमीफाइनल खेल आयोजना गरी रंगशालाको भव्य उद्घाटन गर्ने तयारी भएको छ ।
जम्मा ४० हजार दर्शक सीट क्षमता भएको यस रंगशालालाई ‘ डायमन्ड इन द डेजर्ट ‘ भनेर उपनाम दिईएको छ । सन् २०१७ मा उद्घाटन भएको खलिफा अन्तर्राष्ट्रिय रंगशाला र यो वर्षको सुरुवातमा उद्घाटन भएको अल जनौब रंगशाला पछि कतार विश्वकप २०२२ प्रतियोगिताका लागि उद्घाटन हुने यो तेस्रो रंगशाला रहेको छ ।

अल रेयानको मुटु एजुजेशन सिटीमा अवस्थित यस रंगशालामा २०२२ विश्वकपको क्वार्टरफाइनल सम्मका खेलहरु संचालन हुनेछ । ठूलो मात्रामा इस्लामिक कला बोकेको रंगशालाको बाहिरी भाग त्रिकोनात्मक हिरा आकारमा निर्माण गरिएको छ । विश्वकप पश्चात रंगशालाको आधा सीट फुटबल प्रेमी अन्य देशलाई हस्तान्तरण गरिनेछ ।
खेल हेर्न दर्शकहरुलाई दोहा मेट्रोको ग्रिन लाइन सेवा पनि अबको केही हप्तामा संचालन हुने सूप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसी (एससी) ले जनाएको छ ।
“राष्ट्रिय दिवसकै दिन , फिफा क्लव विश्वकप जस्तो प्रतियोगिताबीच र विश्वकप २०२२ को फाइनल खेल हुन ठीक तीन वर्ष पूर्व उद्घाटन हुने यस रंगशालाको कलात्मक देखेर सम्पूर्ण देशवासिले गौरव महशुस गर्नेछन् ,” एससीका सचिव हस्सन अल थवडीले बताएका छन् ।
![]()
डिसेम्बर ११ देखि कतारमा फिफा क्लव विश्वकप आयोजना हुने
सातौँ टिम बीचको क्लव विश्वकपको पेनअल्टिमेट संस्करण आउने डिसेम्बर ११ देखि कतारमा आयोजना हुने फिफाले जनाएको छ ।
कतारले यो वर्ष र २०२० को क्लव विश्वकपको आयोजना गर्नेछ । सात टिम समावेस हुने उक्त प्रतियोगिता कतारले दुई वर्ष आयोजना गर्ने फिफाले गएको महिना घोषणा गरेकोे थियो । कतारले आयोजना गर्ने यस दुई प्रतियोगितामा यो वर्षको युरोपियन च्याम्पियन लिभरपुल क्लवको सहभागिता रहनेछ । प्रतियोगिता आउने डिसेम्बरमा १० दिन सम्म चल्नेछ ।
“यो प्रतियोगिता हाम्रो लागि विश्वकप आयोजनाको एक उत्कृष्ट परीक्षणको मौका हुनेछ । हामीले यसलाई सक्दो तरीका बाट प्रयोग गर्नेछौ ,” कतार विश्वकप आयोजक समितिका प्रमुख हस्सन अल थवादीले बताएका छन् ।
प्रतियोगिताको अवधिभर हजारौ दर्शकको लागि सीमित स्थानमा मादक पदार्थ खुला गरिने पनि अल थवदिले बताएका छन् । विदेशीका लागि कतारमा अहिलेसम्म केही सीमित बारमा मात्रै मादक पदार्थ उपलब्ध रहेको छ ।
कतारलाई क्लव विश्वकप आयोजनाको जिम्मा फिफाले २०२२ विश्वकपमा ३२ राष्ट्रमै सीमित राख्ने घोषणा गरेकोे दुई हप्ता पछि निर्णय गरेकोे थियो।
क्लव विश्वकप हालसालै जापान र युएईमा आयोजना भएको थियो । जसमा सात महादिपका च्याम्पियन र एक टिम आयोजक राष्ट्रले सहभागीता जनाउने गर्दछन् । कतारमा दुर्इ वर्ष आयोजना भएपश्चात यसमा २४ टिम समाबेश गर्ने फिफाले बताएको छ ।
अफ्रीका बाट टुनिशियाको एस्पेरन्से दि तुनिस , ओसिनिया बाट हिएङ्हेने स्पोर्ट र कोन्काकाफ बाट मेक्सिकन क्लव मोन्टेर्एरीले र हिएङ्हेने स्पोर्ट्स क्लव यो वर्षको प्रतियोगितामा भाग लिने पक्का भइसकेको छ । यता एसिया तथा दक्षिण अमेरिका बाटको टिम आउने नोभेम्बर महिनामा टुङ्गो लाग्नेछ ।
यो वर्षको च्याम्पियन्स लिगको विजेता लिभरपुल हेर्न कतारमा रहेको दर्शकका लागि ठूलो अवसर हुन सक्दछ । प्रतियोगिता युएईले दुई पटक आयोजना गरिसकेको छ ।
पछिल्लो वर्षको विजेताहरु