आईएएएफ विश्व च्याम्पियनसिपमा कतारलाई पहिलो पदक

कतारमा जारी १७ औं आईएएएफ विश्व च्याम्पियनसिपमा कतारलाई पहिलो पदक प्राप्त भएको छ । हिजो खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको ४०० मिटर हर्डल रेसमा कतारका लागि अब्देररह्मान साम्बाले तेश्रो हुँदै कास्य पदक दिलाएका हुन ।

सोही खेलमा नर्वेका वरहोल्मले ४७.४२ सेकेन्डमा दुरी पार गर्दै पहिलो बन्न सफल भएका छन् । त्यस्तै ४७.६६ सेकेन्डमा दुरी पार गर्दै अमेरिकाका बेन्जामिन दोस्रो बनेका छन् । कतारका साम्बाले ४८.०३ सेकेन्ड समय लगाएका थिए ।

वर्षभरी चोटका कारण थलिएका साम्बाले तेस्रो पदक जित्नु नै ठूलो कुरा भएको बिभिन्न सञ्चार माध्यमले जनाएको छ । आज ४ : ५० मा हुने पुरुष तर्फको हाई जम्पमा कतारकै मूताज बर्शिम मैदानमा उत्रदै छन् । उनी २०१७ को विश्वकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button