नासर अल अली इन्टरप्राइसेसका नेपाली कामदारहरुलाई इनाम

आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत चारजना नेपाली कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले जनही पन्द्रहहजार रियाल इनाम स्वरुप प्र्रदान गरेकाछन् ।

विगत दशवर्षदेखि सोही कम्पनीमा इमान्दार र लगनशील भएर काम गरेवापत् नवलपरासीका खडगबहादुर मगर, सिराहाका भरोसी यादव, उदयपुरका विष्णु थापा मगर र रामहृदय यादवलाई सो इनाम कम्पनी मालिकले प्रदान गरेका हुन् ।

पन्द्रहहजार रियल इनामका भाग्यमानी भागिदार नवलपरासीका खडगबहादुर मगरले यो रकमले अझै आफनो आर्थिक स्थितिमा थप सुधार भएको बताउदै आफना एक छोरा र छोरीको उच्च शिक्षाको लागि सो रकम खर्चने बताए । कम्पनीले दिने तलव पनि आकर्षक नै भएको बताउने मगरले मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले कामदारहरु सवैसंग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक भएको बताए ।

सोही कम्पनीमा १० वर्ष काम गरिसकेका मगरले आफनो आर्थिक स्थितिमा राम्रो सुधार ल्याएका छन् । अर्का पन्द्रहहजार रियल इनाम पाउने भाग्यमानी भरोसी यादवले पनि आफनो मेहनत, कम्पनी र कम्पनी मालिकको सहयोगी हृदयको कारण यो रकम पाएको बताउदै आफुले दुई छोराहरुको शिक्षादिक्षामा यो रकम खर्च गर्ने बताए । २००८ मा टायल मेसनमा आएका यादव अहिले कार्पेन्टर, स्टिल फिक्स्चर, मेसनको काम हेर्न सक्ने भएका छन् भने उनी यति अनुभवी भएकाछन कि उनले बनाएको नक्सा समेत इन्जिनियरहरुले खुरुखरु पास गरिदिन्छन् । नासर अल अली इन्टरप्राइसेसमा काम गरेरै शहरमा उनले राम्रो घर जोड्न सफल भएकाछन् । यादवले त्यही कम्पनीमा काम गर्दैगर्दा ३ पटकसम्म ५÷५ ग्रामको सुनको सिक्कापनि इनामस्वरुप प्राप्त गरेका थिए । यस कम्पनीमा कामगर्न पाउनु आफनो अहोभाग्य भएको बताउने यादवले कम्पनीको मालिक अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको बताउदै नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे ।

उदयपुरका विष्णु थापा मगरले पनि कम्पनी मालिकबाट पन्द्रहहजार इनाम पाएपछि खुशीले दंग हुदै सो रकम आफना दुई छोरीहरुको पढाइखर्चमा लगाउने बताउदै यस कम्पनीमा आएपछि आफनो आर्थिकस्थिति समेतमा राम्रो सुधार भएको बताए । नासर अल अली इन्टरप्राइसेसमा आउन अघि आफु साउदीमा रहेपनि भनेजस्तो काम कम्पनी हुन नसकेपछि आफु यस कम्पनीमा २००८ मा आएको बताउदै यस्तोराम्रो कम्पनीमा काम गर्न पाउनु आफनो अहोभाग्य भएको बताए । आफनो दुई छोरा र दुई छोरीहरुमध्ये दुई छोरीहरु अध्ययन गरिरहेका छन् भने एक छोराले काठमाडौंमा रेष्टुरेन्ट संचालन गरीरहेका छन् । आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रवत व्यवहार गर्ने गरेको मगर बताउछन् ।

राम हृदय यादवले पनि १५ हजार रियाल इनाम पाएपछि निकै खुशी भएकाछन् ।स्काफोल्डीङको तालिम लिएर अहिले अनुभवी वेल्डर, स्टिल फिक्स्चर र स्काफोल्डर भइसकेका यादव गरिव परिवारबाट आएका हुन् । सो कम्पनीमा काम गर्न आएपछि यादवले निकै प्रगति गरिसकेका छन् । छोराहरु राम्रो विद्यालयमा अध्ययन गर्दैछन्, आफुले तिर्नुपर्ने ऋण चुक्ता गरी गाउँमा घरसमेत बनाइसकेका छन् । यादव अव यो इनामको रकमले जग्गा किन्ने इच्छा व्यक्त गरे । यस अघिपनि यादवले कम्पनी मालिकबाट इनाम स्वरुप ५ ग्रामको सुनको सिक्का पाएका थिए ।

आफनो कार्यालयको ढोका कामदारहरुका लागि सधै खुला रहेको र आफना कामदारहरुलाई कुनैपनि समस्या भए सिधै आफनो कार्यालयमा आएर आफनो समस्या बताउन सक्ने बताउदै कम्पनी मालिक नासर अल अलीले आफुले मालिकको भन्दा पनि अविभावकको रुपमा व्यवहार गर्ने गरेको हुनाले कामदारहरुको कुनै समस्या भए अविभावकको रुपमै आफु समाधान गर्न सघाउने गरेको बताए ।

समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइराखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button