आज बर्षाको सम्भावना

आज देशको दक्षिणी भूभागमा कडा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम विभागले बताएको छ ।
“गणितीय हिसाब अनुसार आज अपरान्हको समयमा स्थानीय बादल विकास हुने र दक्षिणी भूभागमा हल्का वर्षा हुने सम्भावना रहेको छ । जुन धुलो सहितको हावाहुरीमा परिणत हुनेछ,” विभागले हिजो ट्विटमा लेखेको छ ।
Good Morning.
Relatively hot weather with some clouds and a chance of scattered local thundershowers during afternoon especially in southern areas. We’d like to draw your attention that there’s a marine warning for northern areas at noon time. #Qatar pic.twitter.com/ES1Dr0YZrN— أرصاد قطر (@Qatar_Weather) October 5, 2019
सो समयमा हावाको गति १० हुँदै ६५ किलोमिटर प्रति घण्टा सम्म पुग्न सक्नेछ । त्यस्तै प्रत्यक्षता भने २ किलोमिटर भन्दा तल रहनेछ । सामुद्रिक गतिविधिका लागि भने कुनै सावधानी दिईएको छैन ।