गमन पत्र (एक्जिट पर्मिट) उजुरी केन्द्र समिति गठन

पत्रकार सम्मेलन गरी गमन पत्र (एक्जिट पर्मिट) जुरी केन्द्र समिति गठन गरिएको छ । यो उजुरी हाल लाई उत्तर मदिनाथ खलिफा अवस्थित पुरानो ट्राफिक कार्यालय बाट मात्र दिन सकिनेछ ।
साथै अन लाईन तथा आन्तरिक मन्त्रालय तथा कुनै सरकारी कार्यालय वा नजिकैको प्रहरी चौकी बाट दिने बेबस्था चाडै नै हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
कतार छोड्न चाहिने गमन पत्र (एक्जिट पर्मिट) पहिले आफु कार्यरत कम्पनी बाट लिनु पर्ने व्यबस्था मात्र थियो भने अब आँफै अनलाईन बाट लिन पनि सकिनेछ । तर आफु कतार छोड्ने बारे आफ्नो कम्पनी लाई खबर भने गर्न पर्ने हुन्छ ।
यधपी कम्पनीले गमन पत्र दिन नमानेको खण्डमा गमनपत्रका लागि श्रमिक आँफैले सिधै उजूरी दिने केन्द्र नै (एक्जिट परमिट ग्रिभानसेस कमिटि) हो ।
यो अनलाइन, प्रहरी चौकी वा सम्बन्धित सरकारी कार्यालय बाट निबेदन दिन सकिनेछ । समिती ले उक्त निबेदन लाई ७२ घण्टा भित्र नै सम्बोधन गर्नेछ अझ आपत्कालिन खण्डमा यस्ले अझ छिटो काम गर्नेछ ।
यस समिती आन्तरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग तथा MADSLA का उच्च पधाधिकरी हरु बाट बनेको समिती हो । यहाँ श्रमिक को उजुरी पर्ने बित्तिकै यसले श्रमिक को कम्पनी मा खबर गर्नेछ । कम्पनीले गमन पत्र दिन नमानेमा गमन पत्र अश्विकार को बारेमा सोध्पुछ गर्नेछ । श्रमिक र कम्पनीको बिगत का गतिबिधी लाई निग्रानीमा राख्नेछ । श्रमिकले बिगत मा कुनै अपराधिक कृयाकलाप वा कतार मा श्रृण नभएको खण्डमा भने यस्ले स्वत्त गमन पत्र दिनेछ । अझ श्रमिक लाई आपत्कालिन परेको खण्डमा पनि आवश्यक कागज पत्र मिलाई यस समितिले गमन पत्र छिटो दिनेछ ।