दूतावासले टीका कार्यक्रम गर्ने

नेपालीहरुको पर्व विजयादशमी, तिहार एवं छठको सु-अवसरमा कतारस्थित सम्पूर्ण नेपालीहरुमा महामहिम राजदूत एवम् राजदूतावास परिवारको तर्फबाट सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ ।
यसै बीच दूतावासले कतारमा रहेका सम्पूर्ण नेपालीहरुमा विजयादशमीको शुभकामना तथा टीका आदानप्रदान गर्ने कार्यक्रम भएको छ । कार्यक्रम मङ्गलवार बिहान ९ देखि ११ बजे सम्म दूतावास प्राङ्गणमा सञ्चालन हुने दूतावासले जानकारी दिएको छ।