कतारले आप्रवासी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने

कतारको मन्त्रिपरिषदले गत बुधबार आप्रवासी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने मस्यौदा कानून पारित गरेको कतार न्यूज एजेन्सीले जनाएको छ ।नियम लागू भएपश्चात विदेशी नागरिकले कानुन अनसार केही आवश्यक सर्त पुरा गरेर यहाँको आन्तरिक मन्त्रालय मार्फत स्थायी बसोबासको परिचय पत्र आइडी पाउन सक्नेछन् ।

स्थायी बसोबासको अनुमति पाउने अवस्था

१.कतारी महिलाले विदेशी नागरिक संग विवाह गरेको भएमा
२.कतारको लागि उत्कृष्ट सेवा गरेबापत
३.कतारले चाहेको विशेष दक्ष कामदार भएमा

स्थायी बसोबासको फाइदाहरु

१.कतारी नागरिक सरह सरकारी शिक्षा तथा स्वास्थ्य सेवा पाउने
२.सैनिक तथा सरकारी जागीरमा कतारी नागरिक पछि प्राथमिकता पाउने
३.कतारी पार्टनर बिना नै सम्पत्ति स्वामित्वको अधिकार पाउने
४. कतारी पार्टनर बिना आफ्नै व्यवसाय सञ्चालन गर्न पाउने

पारित भएको मस्यौदा कानुन अन्र्तगत स्थायी बसोबासको अनुमति पत्रको प्रस्ताव समिक्षा गर्न आन्तरिक मन्त्रालयमा स्थायी बसोबास पत्र (आइडी) प्रदान गर्ने कमिटी गठन हुनेछ । यसबारे गत मंगलबार अमिर दिवानमा अमिर शेख तमिम बिन हमाद अल थानीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button