आप्रवासीका सन्तानले स्पोन्सर परिवर्तन बिना काम गर्न पाउने

कतारमा रहेका आप्रवासीहरुको सहायताको लागि प्रशासनिक विकास , श्रम तथा सामाजिक मामिला मन्त्रालयले तीन ठुला कदम अघि सारेको छ ।
वादी सैलस्थित सिभिल डिफेन्सको कार्यलयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालय आज सो निर्णय सार्वजनिक गरेकोे छ ।
अनलाइन सेवामा २० प्रतिशत छुट
आन्तरिक मन्त्रालयले अनलाइनमार्फत प्रदान गर्ने सम्पूर्ण सेवाहरुमा २० प्रतिशत छुट दिने बताएको छ ।
सन्तानले स्पोन्सर परिवर्तन गर्न नपर्ने
कतारमा काम गरिरहेका आप्रवासी कामदारका सन्तान ( छोरा / छोरी ) ले काम गर्न स्पोन्सर परिवर्तन गर्न नपर्ने भएको छ । उनीहरूले आफ्नो परिवार स्पोन्सर रहुन्जेल स्पोन्सर परिवर्तन नगरी निजी क्षेत्रमा काम गर्न पाउने प्रशासनिक विकास , श्रम तथा सामाजिक मामिला मन्त्रालयले जनाएको छ । यसअघि कतारमा काम गर्ने कम्पनीको स्पोन्सर अनिवार्य थियो ।
अस्थायी कामदार ल्याउन पाउने
मन्त्रालयको अर्को निर्णयअनुसार कम्पनीले अस्थायी समयका लागि पनि कतारमा कामदार ल्याउन दिने भएको छ । कम्पनीले १ महिना देखी ३ , ६ वा कामको आवश्यकताअनुसार कामदार ल्याउन पाउने भएको हो ।