युरोप पठाउने भन्दै ठगी

केही दिन यता नेपाल बाट युरोपेली मुलुक पठाइदिने भन्दै कतार ल्याएर अलपत्र पार्ने उजुरी बढेपछि कतारस्थित नेपाली दूतावासको ध्यानाकर्षण भएको छ । त्यस्ता गिरोहहरुले मोटो रकम असुली पोल्याण्ड लगायत अन्य युरोपेली मुलुकमा आकर्षक तलब पाईने प्रलोभन देखाई कतार सम्म ल्याएर सम्पर्कविहीन हुने गरेका पाईएको छ  ।

यसै सन्दर्भमा दूतावासले आज आफ्नो फेसबुक मार्फत एक सूचना जारी गर्दै नेपाल बाट कुनै युरोपियन राष्ट्र जान कतार आइरहनु नपर्ने स्पष्ट पारेको छ । त्यस्तै कतारको वर्किङ भिसा प्राप्त गरेकोे अवस्थामा अन्य तेश्रो मुलुक जान नपाइने दूतावासले बताएको छ ।

यस्ता घटनाक्रम बढी रहेको समयमा कसैको सम्पर्कमा यस्ता व्यक्तिहरु आएमा त्यस्ता व्यक्तिहरुको भनाईमा विश्वास नगर्न दूतावासले सबैमा आग्रह गरेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button