१०७ जनालाई पछि पार्दै भारतकी मानुषीलाई मिस वर्ल्डको ताज

भारतकी मानुषी चिल्लरले सन् २०१७ को मिस वर्ल्डको ताज पहिरेकी छिन् । सन् २००० मा प्रियंका चोपडाले यो ताज जितेको १७ वर्षपछि भारतले फ्रेरि यो उपाधि हात पारेको हो ।  चीनको सान्या सहरमा आयोजित भव्य कार्यक्रमबीच विभिन्न देशका १०७ प्रतिस्पर्धीलाई पछि पार्दै चिल्लरले यो उपाधिमाथि कब्जा जमाइन् ।

उनलाई सन् २०१६ की मिस वर्ल्ड प्युट्रो रिकोकी स्टेफेनी डेल भालेले ताज पहाराइदिइन् । वेलायत, फ्रान्स, केन्या र मेक्सिको टप फाइभमा पुगेका थिए । २१ वर्षीय चिल्लर हरियाना राज्य हुन् । उनी यसअघि फेमिना मिस इन्डिया घोषित भएकी थिइन् । उनी हाल दिल्लीमा बस्दै आएकी छिन् । सोनीपतको मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छिन् ।

उनका मातापिता दुवै डाक्टर हुन् । नेपालकी निकिता चन्दक टप ४० सम्म पुग्न सफल भएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button