कामदारको न्यूनतम तलब तोक्ने तयारी हुँदै

कतार सरकारले आप्रवासी श्रमिकको न्यूनतम तलब तोक्ने तयारी गरिरहेको छ। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को एक सय वर्ष पूरा भएको उपलक्ष्यमा हिजो कतारामा एक कार्यक्रमको आयोजना गरिएको थियो ।

“कतारमा कामको भविष्य” नामक कार्यक्रममा बोल्दै प्रशासनिक विकास , श्रम तथा सामाजिक मामिला मन्त्री युसेफ बिन मोहम्मद अल ओथ्मन फख्रोले कामदारको न्यूनतम तलब , करार अवधि भित्र नै अर्को काम परिवर्तन र घरेलु कामदार सहित श्रम कानुन अन्तर्गत नपर्ने कामदारको लागि गमन पत्र खारेज गर्ने लगायतका मस्यौदा कानुन अनुमोदित भएको बताएको छन् । कानुन आवश्यकता प्रक्रिया पश्चात तुरुन्त लागू हुने उनले बताए  ।

कतारमा कार्यरत बीस लाख भन्दा बढी आप्रवासी कामदारहरुको अधिकार सुरक्षित गर्न कार्यक्रममा ३६ देश संगको द्विपक्षीय श्रम सम्झौता पत्रमा  मन्त्रालयले हस्ताक्षर समेत गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री फख्रोले कामदारको अधिकारको लागि थप महत्वपूर्ण कदम चाल्दै आइरहेको जिकिर समेत गरेका छन्। त्यस्तै श्रमिक सहायता कोष स्थापना गरेर विभिन्न कारणले तलब नपाएका श्रमिकहरुलाई सोही कोष बाट भुक्तानी गर्ने प्रक्रिया पनि अगाडि बढिरहेको जानकारी दिएका छन्।

त्यस्तैगरि सरकारले श्रमिकको अधिकार सुरक्षित गर्न २०१५ मा भित्राएको मजदुरी रक्षा प्रणाली अन्तर्गत अहिले ३.४७ मिलियन कामदार रहेको छ भने जम्मा ७१ हजार ३ सय ८९ कम्पनी दर्ता भएको कार्यक्रम मार्फत जनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button