आज दिन र रात बराबर हुने

आज विश्वभर दिन  रात बराबर हुने कतार क्यालेण्डर हाउसले जनाएको छ। भर्नल इक्विनक्स अर्थात् ज्योतिष शास्त्रमा मेष विषुवत् भनिने आजको दिन सूर्य भु मध्यरेखाको ठिक माथि पर्ने हुनाले आज दिन र रात बराबर हुनेभएको हो।

ज्योतिष शास्त्र अनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनहरु मध्ये एक मेष विषुवत् दिन हो।आज पूर्वी तथा पश्चिमी क्षितिज बाट सुरु उदाउने र अस्ताउने स्थान सबै देशहरु बाट हेर्न सकिन्छ। भोलीबाट उत्तरी गोलार्धमा रात भन्दा दिन लामो र दक्षिणी गोलार्धमा दिन भन्दा रात लामो हुन थाल्छ ।

क्यालेन्डर हाउसका प्रमुख डा. बेशिर मर्जौक को अनुसार आज कटमा पनि दिन र रात बराबर हुनेछ।आज दिनको अवधि १२ घण्टा ७ मिनेट  रातको अवधि ११ घण्टा ५३ मिनेट रहनेछ। सूर्यको किरण पृथ्वीमा पर्ने चार भौगोलिक दिनहरुमा मेष विषुवत, दक्षिणयन आरम्भ, तुला विषुवत र उत्तरायण आरम्भ हुने दिनहरु पर्दछन् । जसलाई आधार मानेर राशिचक्र गणना र ऋतु परिवर्तन हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button