सेप्टेम्बर महिनामा १३२ टन स्थानीय तरकारी बिक्री

गएको सेप्टेम्बर महिनामा १३२ टन स्थानीय उत्पादित तरकारी बिक्री भएको नगरपालिका तथा वातावरण मन्त्रालयले जनाएको छ ।
त्यसमध्ये कतार फार्म कार्यक्रम मार्फत ७२ र कतारी प्रिमियम तरकारी मार्फत ६० टन तरकारी बिक्री गरिएको मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
स्थानीय बजारमा उत्पादित तरकारी देशको मूख्य आउटलेट लुलु हाइपरमार्केट , क्यारिफोर , अल मिरा,
फेमेली फुड सेन्टर लगायत अन्य स्थानमा उपलब्ध रहेको थियो । उत्पादकको हौसला बढाउन तरकारीहरु मूख्य बजारमा मन्त्रालयको समन्वयमा बिक्री गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो