नेपाली यु–२३ फुटबल टोली कतार आइपुग्यो

नेपाली यु–२३ फुटबल टोली कतार आइपुगेको छ । नेपालले म्यानमारको यु–२३ फुटबल टोलीसँग आउने शुक्रवार दोहामा मैत्रीपूर्ण म्याच खेल्दैछ ।

नेपाल यु–२३ टोली यसै वर्ष नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा छ । उता म्यानमार पनि साउथ इष्ट एसियन गेम्सको तयारीमा छ ।

मैत्रीपूर्ण फुटबल म्याचबारे नेपाल यु–२३ टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खुशी व्यक्त गरे । महर्जन भन्छन्, “म्यानमार विरुद्धको एक्सपोजर म्याच हुनु राम्रो हो । यो हाम्रो लागि कठिन चुनौति हुनेछ । साथै यसले हामीलाई सागका लागि आवश्यक तयारी गर्न थप सहयोग पुग्नेछ ।”

खेलको मैदान र समयको अपडेट आउँदै ………

खेलदैनिक र गोल नेपालको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button