२४ अौं अरबियन गल्फ कप नोभेम्बर २४ देखी सुरु हुने

२४ अौं अरबियन गल्फ कप नोभेम्बर २४ देखी सुरु हुनेभएको छ । कतारले आयोजना गर्ने सो प्रतियोगिता खलिफा अन्तर्राष्ट्रिय रंगशालामा डिसेम्बर ६ सम्म संचालन हुनेछ । प्रतियोगितामा यसपटक पाँच राष्ट्र मात्र सहभागी छन् ।
हिजो भएको ड्र अनुसार कतारले उद्घाटन खेलमा डिफेन्डीङ च्याम्पियन ओमानको सामना गर्दैछ । यी दुर्इ राष्ट्र सँगै दश पटक विजेता कुवैत , इराक र यमन प्रतियोगितामा समावेश छन् । लिग आधारमा हुने खेलहरुमा प्रतिस्पर्धी टिम सबैले एक अर्का सँग भिडन्त गर्नुपर्नेछ ।

प्रतियोगिताका लागि अनलाइन टिकट आज बाट www.gulfcup2019.com र नोभेम्बर १ देखी देशको विभिन्न आउटलेटहरुमा उपलब्ध हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो