बबई नदीमा नुहाउन गएका ७ वर्षीय बालक बेपत्ता

दाङ, कात्तिक ११-

बबई नदीमा नुहाउन गएका तीन जना मध्ये एक बालक बेत्तपा भएका छन्। घोराही उपमहागनरपालिका-५ का ७ वर्षीय निशान डाँगी बबई नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए।

आइतबार बिहान १० बजेतिर तीन जना बालक बबई नदीमा नुहाउन गएका थिए।

तीन मध्ये दुई जनाको स्थानीयले उद्धार गरेपनि एक जना बालक बगेर बेपत्ता भएको हो। ती बालकको खोजी भइरहेको एसपी तिमिल्सिनाले बताए। उनको खोजी गर्न प्रहरी खटिएको छ। फाइल तस्बिर

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button