तिहारमा दूतावास दुर्इ दिन बन्द हुने

नेपाली तथा हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान पर्व तिहारको अवसरमा कतारस्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने भएको छ। दूतावासले एक सूचना प्रकाशित गर्दै अक्टोबर २८ र २९ तारिख बिदा रहने जानकरी दिएको छ। त्यस्तै ३० तारिख बाट कार्यालय खुला रहने सूचनामा उल्लेख छ।
यसै अवसरमा नेपालीहरुको पर्व तिहार, नेपाल सम्वत एवम् छठको सु-अवसरमा कतारस्थित सम्पूर्ण नेपालीहरुमा राजदूत एवम् राजदूतावास परिवारको तर्फबाट सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरिएको छ ।