फिफा क्लव विश्वकप हेर्न जानुअघि थाहा पाउनुपर्ने कुराहरू

सातौँ टिम बीचको क्लव विश्वकपको पेनअल्टिमेट संस्करण आउने डिसेम्बर ११ देखि कतारमा आयोजना हुँदैछ । सात महादिपका बिजयी क्लवको प्रतियोगिता कतारले यो वर्ष  र २०२० गरी लगातार दुर्इ पटक आयोजना गर्नेछ ।  कतारले आयोजना गर्ने यस दुई प्रतियोगितामा यो वर्षको युरोपियन लिग च्याम्पियन लिभरपुल क्लवको सहभागिता रहनेछ । प्रतियोगिता आउने डिसेम्बर २१  सम्म चल्नेछ ।

प्रतियोगिताको अवधिभर हजारौ दर्शकको लागि सीमित स्थानमा मादक पदार्थ खुला गरिने पनि आयोजक समिति प्रमुख अल थवदिले बताएका छन् । विदेशीका लागि कतारमा अहिलेसम्म केही सीमित बारमा मात्रै मादक पदार्थ उपलब्ध रहेको छ ।

क्लव विश्वकप हालसालै  जापान र युएईमा आयोजना भएको थियो । जसमा सात महादिपका च्याम्पियन र एक टिम आयोजक राष्ट्रले सहभागीता जनाउने गर्दछन् । कतारमा दुर्इ वर्ष आयोजना भएपश्चात यसमा २४ टिम समावेश गर्ने फिफाले बताएको छ ।

सहभागी टिम

अफ्रीका बाट टुनिशियाको एस्पेरन्से दि तुनिस ,
ओसिनिया बाट हिएङ्हेने स्पोर्ट
उत्तर अमेरिका (कोन्काकाफ) बाट मेक्सिकन क्लव मोन्टेर्‍एरी
युरोप (बेलायत) लिभरपुल फुटबल क्लव
आयोजक कतार बाट अल साद्द स्पोर्ट्स क्लव
यता एसिया तथा दक्षिण अमेरिका बाटको टिम आउने नोभेम्बर महिनामा टुङ्गो लाग्नेछ ।

टिकट

कतारमा यो वर्ष आयोजना हुने फिफा क्लव विश्वकपको लागि टिकट बिक्री सुरु भइसकेको छ । टिकटको मूल्य २५ देखी ४०० रियाल बीच रहेको छ ।

टिकट खरिद गर्न यहाँ  थिच्नुहोस ।

फिफाको वेबसाइट अनुसार दर्शकहरुले टिकट दुर्इ चरणमा खरिद गर्न सक्नेछन्  ।

भिसा प्री सेल

भिसा कार्ड प्रयोगकर्ताहरुले टिकट अक्टोबर ३१ तारिक अपरान्ह् ३ बजे सम्म खरिद गर्न पाउने छन् । पहिलो चरणअन्तर्गत २४ हजार बढी टिकट बिक्री भइसकेको छ । सेमी तथा फाइनल खेलको बाहेक अन्य खेलको टिकट अझै उपलब्ध छ ।

जो पहिले आए त्यही

दोस्रो चरणमा अन्तर्गत सर्वसाधारणका लागि फिफाको वेबसाइटमा टिकट नोभेम्बर १४ देखी डिसेम्बर २१ तारिक सम्म अनलाइन बिक्रीका लागि राखिनेछ ।

टिकट वितरण

अनलाइनमार्फत सफल निवेदकले आफैले टिकट प्रिन्ट गर्नुपर्नेछ । डिसेम्बर बाट फिफाको टिकटखातामा गई टिकट प्रिन्ट गर्न सकिनेछ ।

वेबसाइट बाट सक्कली बाहेक इमेल , स्क्रिनसट जस्ता प्रिन्ट मान्य नहुने र यो खेल सुरु हुनु भन्दा अगावै प्रिन्ट भएँको हुनुपर्ने फिफाले बताएको छ । रंगशालामा टिकट प्रिन्ट गर्ने व्यवस्था भने हुनेछैन ।

रंगशाला

जस्सिम बिन हमाद – १२ हजार सीट

खलिफा अन्तर्राष्ट्रिय रंगशाला – ४० हजार सीट

एडुकेशन सिटी रंगशाला – ४० हजार सीट

खेलको तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button