हमाद अन्तर्राष्ट्रिय विमानस्थल विस्तारः विमानस्थलको क्षमता वार्षिक ६ करोड बढी पुग्ने

दोहा– हमाद अन्तर्राष्ट्रिय विमानस्थलले सिटीस्केप कतारमा अक्टोबर २२ देखि २४ सम्म दोहामा भइरहेको कार्यक्रममा लगानीकर्ताहरु सम्मिलित अन्तर्राष्ट्रिय दर्शक समक्ष विमानस्थलको दोश्रो चरणको विस्तार योजना प्रस्तुत गरेको छ ।
हमाद अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार योजना अन्तर्गत उत्कृष्ट १०, ००० वर्ग मिटर को ट्रपिकल गार्डेन र २६८ वर्ग मिटरको जल सुविधा मुख्य आकर्षण रहनेछन् । हमाद अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो चरणको विस्तार योजनामा फेज ए र फेज बी रहेका छन् ।
फेज ए अन्तर्गत मुख्य हलवे हलवे डी र ईसँग जडान गरिने छ । निर्माण कार्य २०२० मा सुरु भई यसले २०२२ सम्म विमानस्थलको यात्रुहरुको क्षमता वृद्धि गर्दै वार्षिक ५ करोड ३० लाख पु¥याउने छ । २०२२ पश्चात् समापन हुने फेज बी अन्तर्गत हलवे डी र ई को विस्तार गरिने छ जसले विमानस्थलको यात्रुहरुको क्षमता वार्षिक ६ करोड पुग्नेछ ।
-ratopati.com