शुक्रबार दोहा मेट्राे रातभर चल्ने

शुक्रबार लुसेल रंगशालामा आयोजना हुने सुपर कपको लागि कतार रेलले आफ्नो सेवा समय बढाउने भएको छ ।
शुक्रबार दोहा मेट्राे र लुसेल ट्राम दिउँसो १ देखि बिहान ३ बजे सम्म संचालन हुनेछ ।
उक्त दिन लुसेलको क्युएनबी स्टेशन मेट्राेलिन्क बाट मात्रै आवतजावत गर्न सकिनेछ । आफ्नै सवारी र ट्याक्सी बाट स्टेशन प्रयोगमा रोक लगाइनेछ । त्यस्तै पार्क एन्ड राइड सुविधा पनि बन्द गरिने कतार रेलले बताएको छ ।
आउने शुक्रबार सेप्टेम्बर ९ तारिक ८० हजार दर्शक क्षमता भएको लुसेल रंगशालामा साउदी अरबको अल हिलाल र इजिप्टको जमालेक कल्ब बिच प्रतिस्पर्धा हुँदैछ ।
खेलको टिकट सोल्ड आउट भैसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
11
मनपर्यो
43
खुसी लाग्यो
3
दुःख लाग्यो
2
रुन मन लाग्यो
8
हाँसो लाग्यो
11
रीस उठ्यो