दोहा मेट्रोमा नयाँ रुट थपियो

दोहा मेट्रोमा नयाँ रुट थप भएको छ । एम १४३ नाम दिइएको यस नयाँ रुट कर्नेश मेट्रो स्टेसन देखी अल जजिरा मिडिया नेटवर्कको कार्यलय सम्म रहेको छ ।

मेट्रो अहिले शनिवार देखि बिहीबार सम्म बिहान ६ देखि राती ११ बजे सम्म संचालन भइरहेको छ ।
रेड लाइन दक्षिण तर्फको प्रारम्भिक सेवा यो गएको मे महिना देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । यो मार्ग अल कासर देखि अल वक्रा सम्म पर्दछ ।
अहिले संचालनमा रहेको प्रारम्भिक सेवामा पुरा रुटको १८ रेड लाइन स्टेशन मध्ये १३ वटा पर्दछ । जसमा अल कासर, दिइसिसि,क्युआइसी वेस्ट बे,कर्नेश,अल बिदा (इन्टरचेन्ज स्टेशन),मिसह्रिब (इन्टरचेन्ज स्टेशन),अल दोहा अल जदेदा,उम घवालिना,अल मतर,अल कादीम,ओक़्ब आइबिएन नफ़िए, फ्री जोन ,रस बु फोन्तस र अल वक्रा रहेको छ ।