ओरेडोबाट नेपालको मोबाइलमा कसरी रिचार्ज पठाउने ?

कतारको दुर्इ टेलिकम मध्ये ओरेडोले वर्षौं अगदि देखी नेपालको मोबाइलमा रिचार्ज गर्न सकिने सुविधा दिदै आइरहेको छ । यस बाट नेपाल टेलिकम र एनसेल दुबैमा रिचार्ज गर्न सकिन्छ । अहिलेको चलेको हिसाब अनुसार हेर्दा केही घाटा हुने भएपनि आपतकालीन अवस्था यसले ठूलो मदत दिन सक्दछ ।
याद राखौ रिचार्ज गर्न नजिकैको खुला मोबाइल पसलले पनि ओरेडोको भन्दा बढी पैसामा रिचार्ज गर्ने गर्दछ । त्यस्तै धेरै भन्दा धेरै रिचार्ज गर्ने सोचमा हुनुहुन्छ भने ई सेवा , खल्ति , आइएमई पे जस्ता एप तपाइको लागि उत्तम हुनेछ ।
कुनै त्यस्तो अपरझट पर्दा ओरेडोको इन्टरनेशनल टपअप सर्भिस बाट नेपालको मोवाइलमा रिचार्ज गर्ने बारे बुझ्न खोज्दै हुनुहुन्छ भने यो जानकारी तपाइलाई काम लाग्न सक्छ ।
रिचार्ज पठाउनु अघि थाहा पाउनुपर्ने कुरा
हाला प्रयोगकर्ता
हाला सिम प्रयोग गर्नेहरुले नेपालमा रिचार्ज गर्दा आफ्नो सिममा कम्तीमा पनि ५ रियाल बाँकी हुनेगरी रिचार्ज गर्न पाउनेछन् । यसको मतलब तपाइँले नेपालमा रिचार्ज पठाईसकेपछि तपाइँको सिममा कम्तिमा पनि ५ रियाल बाँकी हुनुपर्नेछ ।
दिनमा जम्मा १०० रियाल सम्म रिचार्ज पठाउन सकिनेछ ।
सेवा शुल्क जम्मा ५० दिर्हाम लाग्नेछ ।
श्यारी प्रयोगकर्ता
श्यारी प्रयोगकर्ताहरुले सुरुमा १११ मा डायल गरी अन्तर्राष्ट्रिय टपअप सेवा सुचारु गर्नुपर्नेछ ।
रिचार्ज गर्दा लाग्ने सम्पूर्ण शुल्क मासिक बिलमा आउनेछ ।
क्रेडिट लिमिट अनुसार दिनमा कति सम्म रिचार्ज गर्न सकिन्छ भनेर *१२९# मा हेर्न सकिनेछ ।

कसरी पठाउने ?
म्यासेज बक्समा गई send मोवाइल नम्बर हालेर ९२२६६ मा पठाउने ।
पठाउन चाहेको रकम (१,२,३,४) रोज्ने ।
सबै बराबर भए Y दबाउने ।
रिचार्ज भएको नभएको बारे मोवाइलमा एसएमएस आउनेछ ।
९२२६६ बाट आउने र पठाउने सबै एसएमएस निशुल्क रहेको छ ।