नयाँ नियम पछि ५,१९६ ले रोजगार परिवर्तन गरे

कतारमा गत बर्ष डिसेम्बर १३ देखी लागु भएको श्रमिक को प्रबेश,आवास र गमन सम्बन्धी नँया नियम पछि यताको १५ फेब्रवरी सम्म ५,१९६ ले रोजगार परिवर्तन गरेका छन ।त्यस अघि २०१६ मा रोजगार परिवर्तन गर्ने को सन्ख्या २,२८८ मात्रै थियो ।
प्रशासनिक बिकास श्रम तथा सामाजिक मन्त्रालयले २०१५ को कानुन नम्बर २१ सफलताका साथ कार्यन्बयन भएको जनाएको छ ।एच इ डा. इशा बिन शाद ले नँया नियम जारी गरिएको २ महिना मै सुल्झाएको गमन पत्र को उजुरी ले नै नियम सफलताका साथ लागु भएको देखाएको छ र श्रमिक को अधिकार र स्वतन्त्रता को लागी थप नियमहरु थप्दै जाने बताउनु भएको छ ।नँया कानुन अन्तर्गत रोजगार परिवर्तन गर्नका लागी आफ्नो रोजगार दाता सँग कुनै लिखित स्विकृती लिन पर्दैन तर श्रमिक ले आफ्नो करार अवधि भने सकेको हुनपर्दछ ।
त्यस्तै सरकारी तथ्याङ्क अनुसार १,०९८०४ आप्रबासी ले वार्षिक बिदा वा अन्य कारणले कतार छाडेका छन भने १,८४३३८ गमन पत्र उजुरी भएको छ जसमध्य ७८०४९ आप्रबसी ले आफ्नो मालिक लाई खबर दिएर स्थायी रुपमै कतार छाडेका छन ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।